टेनिस खेलाडी अभिषेक विश्ववारियताको १७९० औं स्थानमा
पाेखरा | बैशाख ५, २०८०
पोखरा: अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आएका अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा उक्लिन सफल भएका छन् ।
पोखराबाट टेनिस सुरु गरेका बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वारियतामा पर्न सफल भएका हुन् ।
अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलेका छन् । विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्ववारियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताए ।
उनले दशौं हजारौं खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताए । आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिए । बास्तोलाले १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

